NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

कतारबाट फर्किएलगत्तै काठमाडौंमा अपहरण

काठमाडौं । अपहरण तथा शरीर बन्धक गर्न संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं सिनामंगल बस्ने सर्लाही मलंगवा नगरपालिका–३ घर भएका २५ वर्षीय अजिम अली र सोही नगरपालिका–७ बस्ने २५ वर्षीय एमडि सनी अलाही रहेका छन् ।
सप्तरी राजविराज नगरपालिका–१३ बस्ने पुरूष अपहरणमा परेको र मुक्त हुन ४ लाख ८० हजार दिनुपर्ने भन्दै सोमबार साँझ प्राप्त सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं सिनामंगलबाट पीडितको उद्धार गर्नुका साथै दुवै जना अभियुक्तलाई पक्राउ गरेको हो ।
पीडित कतारबाट फर्किदा अजिमका आफन्तले पठाएको २५ ग्राम सुन अजिमले नपाई अर्कै व्यक्तिलर सुन लगेको भन्दै अजिमले आफ्नो डेरामा जबरजस्ती लगि कुटपिट गर्नुका साथै पीडितको श्रीमतीलाई ४ लाख ८० हजार दिए पश्चात मात्र छाड्ने भनि विभिन्न किसिमका डर÷त्रास तथा धाक धम्की दिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । सुनकै कारण अपहरण भएको प्रहरी निष्कर्ष छ ।