NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

रोनाल्डोको गोलको मद्दतमा अल नासरको सहज जित

काठमाडौं । अल खलिजलाई ३–१ गोलान्तरमा हराउँदै अल नासर किंग्स कपको फाइनलमा प्रवेश गरेको छ । अल अवल स्टेडियममा गएराति सम्पन्न खेलमा अल नासरले अल खलिजमाथि ३–१ गोल अन्तरको जित निकालेको हो ।

अल नासरको यो जितमा क्रिस्टियानो रोनाल्डो एक्लैले २ गोल गरे । उनले १७औं र ५६औं मिनेटमा अल खलिजविरुद्ध गोल गरेका हुन् । त्यस्तै, साडियो मानेले पनि अल नासरका लागि १७औं मिनेटमा गोल गरे ।

अल खलिजका लागि ८२औं मिनेटमा फवाज अल–तोराइसले गोलको खाता खोले पनि थप गोल गर्न खेलाडीहरू चुके ।

रोनाल्डोको गोलको मद्दतमा सेमिफाइनलमा जित निकालेको अल नासरले अब उपाधिका लागि अल हिलालसँग फाइनल खेल्ने छ । मंगलबार राति सम्पन्न खेलमा अल इतिहादलाई २–१ ले हराउँदै अल हिलालले फाइनल यात्रा तय सुनिश्चित गरेको थियो ।