NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै, के गर्ला राप्रपा ?

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिने भएका छन् ।

नियुक्ति लिएको ३० दिनभित्र प्रदेश मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था छ । नेकपा माओवादी केन्द्र र एक स्वतन्त्र सांसदको समर्थनमा गत चैत २५ गते नेकपा (एमाले) बाट प्रतिनिधित्व गर्दै मुख्यमन्त्री नियुक्त भएका अधिकारीले सोही प्रावधानअनुसार आइतबार विश्वासको मत लिन लागेका हुन् ।

गण्डकी प्रदेश प्रदेशसभा सचिवालयले आइतबार दिउँसो ३ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको जनाएको छ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा अधिकारी नेकपा एमालेका २१, नेकपा माओवादी केन्द्रका ८ र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेसहित ३० सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै कांग्रेसका बद्री पाण्डे आवश्यक बहुमत संख्या ३१ नपु–याइ मुख्यमन्त्रीमा नियुक्ति दिइएको भन्दै सर्वोच्च अदालत पुगेका थिए । तर सर्वोच्चले ३० जनाले पनि बहुमत पुग्ने व्याख्या गरेसँगै अधिकारीले आइतबार विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्रीमा अधिकारीलाई मत दिन नेकपा एमाले र माओवादी केन्द्रले ह्विप जारी गरिसकेका छन् ।

गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई सांसद छन् । कांग्रेस प्रतिपक्ष बेञ्चमा बसे पनि राप्रपा भने अझैसम्म अनिर्णियत छ ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष