इरानको नियन्त्रणमा रहेका पाँच भारतीय रिहा

काठमाडौं । एमएससी एरिज जहाजसँगै इरानको नियन्त्रणमा पुगेका पाँच भारतीय नागरिक रिहा भएका छन् ।
इरानस्थित भारतीय दूतावासले सोसल मिडिया प्लेटफर्म एक्समार्फत इरानको नियन्त्रणमा रहेका आफ्ना पाँच नागरिक मुक्त भएको जनाएको छ ।
रिहा भएका भारतीयलाई शुक्रबार साँझ भारत पठाउने तयारी छ ।
इरानको नौ सेनाले गत अप्रिल १३ मा भारत आउँदै गरेको कार्गो जहाज नियन्त्रणमा लिएको थियो । उक्त जहाजमा २५ सवार रहेकोमा १७ भारतीय नागरिक थिए । जहाजका मालिक इजरायली हुन् ।
इजरायलसँग जारी तनावबीच इरानले यो कदम चालेको हो ।
जहाजको चालक दलमा एक मात्र महिला क्याडेट एन टेसा जोसेफ पनि थिइन् । उनलाई भने जहाज नियन्त्रणमा लिइएको केही दिनपछि नै छाडिएको थियो ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया