सम्बन्ध बिग्रिएपछि श्रीमतीकै गोप्य तस्वीर फेसबुकमा

काठमाडौं । सम्बन्ध बिग्रिएपछि एक युवकले आफ्नै श्रीमतीका गोप्य फोटोहरु फेसबुकमा सार्वजनिक गरेर चरित्रहत्या गरेका छन् । मकवानपुर छतिवन बकैया गाउँपालिका–७ चुलुङ्गा घर भई काठमाडौं महानगरपालिका–३२ जडिबुटी बस्ने युवकले यस्तो अपराध गरेका हुन् । उनलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ।
वैदेशिक रोजगारीमा रहँदा वाट्स एपमा कुराकानी गर्ने क्रममा श्रीमान÷श्रीमती बिचमा आदान प्रदान भएका गोप्य अङ्ग देखिने तस्विर÷भिडियो सामाजिक सञ्जालमा फेक एकाउन्ट बनाई अपलोड गरी पीडितको साथीहरूले प्रयोग गर्ने सामाजिक सञ्जालहरूमा समेत पठाई चरित्र हत्या गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनी उपर विद्युतिय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
प्रतिक्रिया