प्रधानमन्त्रीले राखे कांग्रेस नेतासँग बैठक, संसदको अवरोधबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दलका नेतालाई छलफलका लागि बोलाएका छन् ।
नेपाली कांग्रेसले गरिरहेको संसद् अवरोधबारे छलफलका लागि कांग्रेसका नेतालाई अहिले बिहान ९ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाइएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आरोप लगाउँदै त्यसउपर संसदीय छानबिनको माग राखेर कांग्रेसले अघिल्लो अधिवेशनमै संसद् अवरोध गरेको थियो । शुक्रबारबाट सुरु बजेट अधिवेशनमा पनि कांग्रेसले सोही मुद्दा उठाएर संसद् अवरोध यथावत् राखेपछि प्रधानमन्त्रीले उक्त गत्यावरोध हलका लागि पहलकदमी उठाएका हुन् ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया