स्वास्थ्य मन्त्री उपेन्द्र यादव दिए राजीनामा

काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष समेत रहेका यादवले आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाएका हुन् ।
“आज विहान प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएको छु, वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकाले जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु”, उनले भने ।
उनले आजका दिनसम्म सरकारमा रहेर सहकार्य गर्ने अवसर दिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद समेत दिएका छन् । त्यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री दीपक कार्कीले पनि आजै पदबाट राजीनामा दिएका छन् । जसपा राजनीतिक समिति सदस्य समेत रहेका उनले आजै राजीनामा बुझाएका हुन् ।
ताजा अपडेट
-
मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना
-
एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत
-
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
-
रूपन्देही–३ को उपनिर्वाचनबारे छलफल गर्न रास्वपाको सचिवालय बैठक बस्दै
-
आजको मौसम : ६ प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
प्रतिक्रिया