कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौं । कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा केहीबेर अघिबाट बैठक सुरु भएको हो ।
बैठकमा मंगलबार सरकारले संसदमा प्रस्तुत गर्न लागेको नीति तथा कार्यक्रमको सम्बन्धमा के गर्ने भन्ने विषयमा छलफल केन्द्रित रहेको कांग्रेसका एक नेताले जानकारी दिए ।
कांग्रेसमा यतिबेला राष्ट्रका प्रतीक राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम सार्वजनिकमा अवरोध गर्न लागेकाले अवरोध गर्न नहुने मत एकातिर छ भने अर्कातिर यसमा हलो अड्काएर सत्ताधारीलाई गलाउनुपर्ने विचार राख्ने पक्ष पनि छन् ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएकाले यससम्बन्धमा संसदीय छानबिन गर्नुपर्ने माग राखेर कांग्रेसले संसदको गतिविधिमा अवरोध गर्दै आएको छ । कांग्रेसको मागले नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेट प्रभावित हुने खतरा बढे पनि दुवै पक्ष टसको मस भएका छैनन् ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया