कांग्रेस संसदीय दलको बैठक सुरु
काठमाडौं । कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा केहीबेर अघिबाट बैठक सुरु भएको हो ।
बैठकमा मंगलबार सरकारले संसदमा प्रस्तुत गर्न लागेको नीति तथा कार्यक्रमको सम्बन्धमा के गर्ने भन्ने विषयमा छलफल केन्द्रित रहेको कांग्रेसका एक नेताले जानकारी दिए ।
कांग्रेसमा यतिबेला राष्ट्रका प्रतीक राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम सार्वजनिकमा अवरोध गर्न लागेकाले अवरोध गर्न नहुने मत एकातिर छ भने अर्कातिर यसमा हलो अड्काएर सत्ताधारीलाई गलाउनुपर्ने विचार राख्ने पक्ष पनि छन् ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएकाले यससम्बन्धमा संसदीय छानबिन गर्नुपर्ने माग राखेर कांग्रेसले संसदको गतिविधिमा अवरोध गर्दै आएको छ । कांग्रेसको मागले नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेट प्रभावित हुने खतरा बढे पनि दुवै पक्ष टसको मस भएका छैनन् ।
ताजा अपडेट
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने


प्रतिक्रिया