NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ९ गते

पढ्ने रहर भएकालाई कसरी सहयोग गर्छ क्यानोपी नेपाल ?

काठमाडौं । भनिन्छ, शिक्षा सबैभन्दा ठुलो सिकाइ हो । यसको महत्व र आवश्यकता अहिलेको परिपेक्षमा अझ विशेष बनेको छ । हामीले वर्षौअघिबाट शिक्षा जीवनको ज्योती हो भन्न्ने परिभाषा सुन्दै आएका छौं । एक शिक्षित व्यक्तिमात्र वर्तमान परिपेक्षमा बाच्न सक्छ भनेर भनिरहदा सबैको लागि शिक्षा समान होला ?

पक्कै छैन् । अझै पनि कुना कुनामा व्यक्तिले विद्यालयको ढोका देख्न पाएको छैन् । शिक्षा लिनु त परको कुरा उनीहरुलाई शिक्षाको आधारभूत ज्ञानसमेत छैन् । सहरका पनि धेरै विद्यार्थी आफ्नो आर्थिक स्थिती र पारिवारिक वातावरणले गर्दा विद्यालयसम्म गए पनि उनीहरुले उच्च शिक्षासम्मको पाइला सहजै पार गर्न पाउँदैनन् ।

घरको कमजोर आर्थिक स्थितीले गर्दा आमाबाबुसँगै बाहिर काम जान बाध्य भएका कलिला हातहरु हामीले देखेका पनि छौं । पढ्ने दृढ इच्चा र भोक भएर पनि कतिपय बालबालिका राम्रो पढ्दा पढ्दै बिचमै विद्यालयलाई छाड्ने गर्छन् ।

यीनै पढ्ने भोक भएका तर आर्थिक स्थितीले गर्दा पढाइ अघि बढ्न नसकीरहेकाहरुको सारथी बनिरहेको छ क्यानोपी नेपाल ।

सन् २०१६ बाट क्यानोपी नेपालले निश्चित सरकारी विद्यालय छनौट गरेर त्यहाबाट सहयोग चाहिएको विद्यार्थीलाई सहयोग गर्दै आइरहेको छ ।

उनीहरुलाई उच्च शिक्षासम्मकै पढाइमा सहयोग गर्दै आइरहेको छ । विद्यालयको भर्नादेखि विद्यार्थीलाई आवश्यक पर्ने कपि, किताबलगायत स्टेसनरी सामान, खाजा, विद्यालय पोसाकका साथै व्यावहारिक तालिम, करियर काउन्सिलिङ आदि सम्रग आवश्यक भएको कुरामा क्यानोपि नेपालले सहयोग गर्छ ।

नेपालवाचको नियमित भिडियो प्रस्तुती एजुकेशन डायलगको नयाँ श्रृंखलामा यो पटक प्रस्तातो तथा किंङ्स कलेजका प्रधानाध्यापक नरोत्तम अर्यालले क्यानोपी नेपालकी प्रबन्ध निर्देशक मोनल भट्टराईसँग कुराकानी गरेका छन् ।

क्यानोपि नेपाल स्थापनाको उदेश्य, काम, यसले विपन्न विद्यार्थीलाई गर्ने सहयोगलगायतका विषयमा केन्द्रित भएर गरिएको कुराकानीको पूरा अंक तलको भिडियोमा गएर हेर्न सकिनेछ ।