NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ६ गते

अर्को शुक्रबार बस्नेगरी प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले जेठ ११ गते शुक्रबार बिहन ११ बजे बस्नेगरी बैठक स्थगित गरिएको जानकारी गराएका हुन् ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि सदन अवरोध गरेको थियो । गृहमन्त्री एवं उपप्रधानमन्त्री लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै उक्त अवरोध आज पनि कायम थियो ।

अवरोधकैबीच आर्थिक वर्ष ०८१/८१ को नीति तथा कार्यक्रम वाचनका लागि राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव र राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिने प्रस्ताव पारित भएको छ । त्यस्तै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ पेश गरेका छन् ।