NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार २ गते

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा झापाको भद्रपुरमा विस्तार

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले झापाको भद्रपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले भद्रपुर नगरपालिका वडा नं. ०५ मा बुधबारदेखि भद्रपुर शाखा संचालनमा ल्याएको हो । यो शाखा गरि बैंकको शाखा संख्या २७२ पुगेको छ । नयाँ शाखाबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ ।

बैंकका प्रदेश प्रमुख राजिव गजुरेल ज्यूले नयाँ शाखाको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा प्रदेश प्रमुख गजुरेलले नयाँ शाखाबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए ।

हाल बैंकको २७२ शाखा कार्यलय, ६४ वटा एक्सटेन्सन काउन्टर, ८८ वटा शाखा रहित बैंकिङ र २६५ वटा एटीएम रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष