सत्ता र प्रतिपक्षमा रहँदा एउटै आवाज हुनुपर्छ : सांसद शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवम् सांसद ज्ञानबहादुर शाहीले सत्ता र प्रतिपक्षमा रहँदा राजनीतिक दलका आवाज एउटै हुनुपर्ने बताएका छन ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरुको तर्फबाट धारणा राख्न अनुमति दिएपछि शाहीले सहकारीको अर्बौ रकम अपचलनमा जोसुकै संलग्न भए पनि कारबाही गर्नुपर्नेमा जोड दिए।
प्रवक्ता शाहीले भने, “प्रतिपक्षमा बस्दा एउटा आवाज बोल्ने, सत्तामा पुगेपछि अर्कै आवाज बोल्ने गर्नु हुँदैन । त्यसैले सबैलाई समानरूपमा कानुन लागू हुनुपर्छ ।”
उनले आफ्नो पार्टीका सांसद गीता बस्नेतको सहकारीको रकम अपचलनमा संलग्नता देखिएपछि कारबाही प्रक्रिया अगाडि बढ्ने तर उप्रधानमन्त्री तथा गृहमन्त्री सहकारी रकम अपचलनमा संलग्न रहेको भनिए पनि कारबाही किन नगर्ने भनी प्रश्न गरे ।
सांसद शाहीले सहकारीको रकम अपचलनमा संलग्नमाथि निष्पक्ष छानबिन गर्न संसदीय समिति गठनको माग गरे । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेको विरोध र नाराबाजी जारी छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया