NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ चैत २७ गते

अर्थमन्त्री पुनद्वारा आर्थिक सर्वेक्षण- २०८१ संसदमा पेश

काठमाडाै । अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण, २०८१ प्रतिनिधिसभामा पेश गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसहितको विपक्षीको विरोधबीच  अर्थमन्त्री पुनले आर्थिक सर्वेक्षण पेश गरेका हुन् ।

अर्थमन्त्री पुनले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको ८ महिनासम्मको संघ प्रदेश र स्थानीय तहको समग्र आर्थिक सामाजिक गतिविधि र क्षेत्रगत विकास तथा शुसासनको अवस्था चित्रण एवं विश्लेषण गरेको जनाएको छ ।

पुनले आर्थिक सर्वेक्षण पेश गर्दै पछिल्लो समय देशको आर्थिक परिसूचकमा सुधार हुँदै गएको बताएकाे छ ।

आर्थिक सर्वेक्षणमार्फत चालु आवमा देशको आर्थिक विस्तार .३.९ प्रतिशतले विस्तार हुने अनुमान गरेको छ । पुनले उत्पादनमूलक, उद्योग र निर्माण क्षेत्रमा देखिएको संकुचनको बावचुत कृषि र सेवा क्षेत्रमा भएका विस्तारको कारण देशको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान गरेको पुनले बताए ।

ताजा अपडेट

नेपालवाच विशेष