बुहारी समूहले वार्षिकोत्सवको अवसरमा गर्यो सहयोग
काठमाडौं । सामाजिक संजाल फ़ेसबुक ग्रुप बुहारी समूहले वार्षिकोत्सवको अवसरमा ‘सेभ ब्लेसिङ चिल्ड्रेन होम’ लाई सहयोग गरेको छ ।
ग्रुप एडमिनहरू प्रभा आचार्य, तुलसा आचार्य गौतम र रूपा गुरुङको अग्रसरतामा ललितपुर धापाखेल स्थित सो संस्थाका २५ जना बालबालिकाहरूको लागी ४०,००० बराबर को स्टेशनरी, खाद्यान्न, पानी र खाजा वितरण गरेका हुन् ।
सो कार्यको लागी ग्रुप एडमिन प्रभा आचार्य, सदस्यहरू सुधा सिग्देल गौतम, प्राप्ति आचार्य भट्टराई, सुस्मिता आले बस्नेत, सृजना थापा, सीमा बनिया, रन्जु गिरी आचार्य र सीता प्याकुरेलको सहभागिता रहेको एडमिन प्रधा आचार्यले बताएकी छन् । उनका अनुसार समूहले हरेक वर्ष वार्षिकोत्सवमा विभिन्न किसिमका डोनेशनहरू गर्दै आएको छ ।
त्यस्तै अन्य समयमा प्राकृतिक प्रकोप, आगलाग़ी लगायत विभिन्न रोगहरूले ग्रसित, आर्थिक अभावले उपचार गर्न नसकेका बिरामीहरूलाई पनि आर्थिक सहयोग गर्दै आइरहेको उनले बताइन् । ग्रुपमा नेपालभरबाट साथै विभिन्न देशमा बसोबास गर्ने १५ हजार भन्दा धेरै बुहारीहरू मेम्बर रहेका छन् ।
सामाजिक सञ्जाल फ़ेसबुकमा वि.स. २०७४ जेठ ११ गते स्थापना भएको यो समूह विवाहित महिलाहरूको समूह हो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया