बागमती प्रदेश : मन्त्रिपरिषबाट नीति तथा कार्यक्रम स्वीकृत
मनहरी । आज बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्को पूर्ण बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्दै प्रदेशसभा बैठकमा पेस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठका अनुसार मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नीति तथा कार्यक्रम आजै दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गरिनेछ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले उक्त नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्नेछन्। उनले कृषि पर्यटन तथा शिक्षा र रोजगारी क्षेत्रलाई विशेष प्राथमिकतामा राखी नीति तथा कार्यक्रम तयार पारिएको बताए ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया