NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ७ गते

मित्रपार्कमा कोठी चलाउने दुई महिला पक्राउ

काठमाडौं । रेष्टुरेन्टको आवरणमा वेश्यावृत्ति धन्दा चलाउने दुई महिला पक्राउ परेका छन् । नाबालिकालाई समेत वेश्यावृतिमा लगाएको अभियोगमा दोलखा जिरी नगरपालिका–९ घर भएकी २५ वर्षीया मञ्जु भन्ने श्रृजना खनाल तामाङ घिसिङ र नुवाकोट वेलकोटगढी नगरपालिका–४ घर भएकी २६ वर्षीय निशा भन्ने रमिला नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–७ मित्रपार्कस्थित स्वागतम् रेष्टुरेन्ट एण्ड बारमा नाबालिकालाई जबरजस्ती वेश्यावृतिमा लगाएको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले बार संचालक उनीहरूलाई पक्राउ गरेको हो । साथै पीडित बालिकाको त्यहाँबाट प्रहरीले उद्धार गरेको छ ।
उनीहरूले नाबालिकाको कमजोर आर्थिक अवस्थाको फाइदा लिई रेष्टुरेन्टमा वेट्रेसको काम लगाउने भनी जबरजस्ती वेश्यावृतिमा लगाई दैनिक रुपमा ५ देखि १५ जना ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न बाध्य बनाएको र ग्राहकसँग शारिरिक सम्पर्क राखे बापत आधा रकम दिने भनि प्रलोभनमा पारी सो रकम पनि नदिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको एसपी गौतम मिश्रले बताए ।