NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

दलबीच सहमति जुटेन, प्रतिनिधिसभाको बैठक सर्यो

काठमाडाैं । प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेका लागि सरेको छ ।

यसअघि दिउँसो १ बजेको लागि प्रतिनिधिसभाको बैठक तय थियो । संसद्मा प्रतिनिधित्व गर्ने दलबीच सहमति नजुटेपछि बैठक २ घण्टापछि सरेको हो ।

संसद् सचिवालयले सूचना जारी गर्दै संघीय संसद्को बैठक दिउँसो ३ बजेको लागि सरेको जनाएको छ। संघीय संसद्को आजको बैठकमा आगमी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने तयारी छ । तर सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन गर्नुपर्ने माग गरेर कांग्रेसले गरिरहेका संसद् अवरोधले सरकारलाई सकस परेको छ । यसका लागि कांग्रेसँग सहमति गर्ने प्रयास सरकारले जारी राखेपनि त्यसले अहिलेसम्म ठोस आकार लिन सकेको छैन ।

No description available.

ताजा अपडेट

नेपालवाच विशेष