दलबीच सहमति जुटेन, प्रतिनिधिसभाको बैठक सर्यो
काठमाडाैं । प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेका लागि सरेको छ ।
यसअघि दिउँसो १ बजेको लागि प्रतिनिधिसभाको बैठक तय थियो । संसद्मा प्रतिनिधित्व गर्ने दलबीच सहमति नजुटेपछि बैठक २ घण्टापछि सरेको हो ।
संसद् सचिवालयले सूचना जारी गर्दै संघीय संसद्को बैठक दिउँसो ३ बजेको लागि सरेको जनाएको छ। संघीय संसद्को आजको बैठकमा आगमी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने तयारी छ । तर सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन गर्नुपर्ने माग गरेर कांग्रेसले गरिरहेका संसद् अवरोधले सरकारलाई सकस परेको छ । यसका लागि कांग्रेसँग सहमति गर्ने प्रयास सरकारले जारी राखेपनि त्यसले अहिलेसम्म ठोस आकार लिन सकेको छैन ।

ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया