सञ्चालकको सम्पत्ति बेचेर सहकारीपीडितको रकम फिर्ता गर्ने सरकारको घोषणा

काठमाडौं । सहकारी सञ्चालकको सम्पत्ति बिक्री गरेर सहकारीपीडितको रकम फिर्ता गर्ने घोषणा सरकारले गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।
‘सहकारी सञ्चालकको सम्पत्ति बिक्री गरेर भए पनि सहकारीमा रकम डुबेका नागरिकको रकम फिर्ता गरिनेछ,’ अर्थमन्त्री पुनले भने । तर त्यसरी फिर्ता गरिने रकम पाँच लाख रूपैयाँसम्मको हुने उनले बताए ।
पछिल्लो समय देशका विभिन्न सहकारीमा समस्या देखिएको छ । सहकारीका सञ्चालक रकम फिर्ता नगरी सम्पर्कविहीन भएपछि बचतकर्ता समस्यामा परेका छन् ।
सहकारीहरूमा समस्या देखिएकाले यसलाई नीति र नियम बनाएर त्यसका आधारमा सञ्चालन गरिने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
ताजा अपडेट
-
वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
-
मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु
-
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने
-
एकै वर्षमा आठ लाख ३९ हजारले लिए श्रम स्वीकृति
-
बजेट कार्यान्वयन गर्न ९५ बुँदे मार्गदर्शन : आयोजना सम्पन्न नहुञ्जेल प्रमुखको सरुवा नहुने
प्रतिक्रिया