घोडाघोडीमा भेटियो नयाँ चरा
घोडाघोडी । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ ।
घोडाघोडी चरा अभय आरक्ष क्षेत्रमा यही जेठ ७ देखि १३ गतेसम्म चरा गणना तथा अनुसन्धान गरिएको थियो । सोही क्रममा पहिलो पटक लालचुच्चे ठेउवा भेटिएको छ ।
घोडाघोडीको बेतहनी क्षेत्रमा एक जोडी लालचुच्चे ठेउवा भेटिएको पन्छी संरक्षण सङ्घका सहजकर्ता हिरुलाल डगौराले जानकारी दिए । उनका अनुसार यो प्रजातिको चरा भारत र बङ्गलादेशबाट गर्मीयाममा नेपाल आउने गर्छन् ।
यो नयाँ प्रजाति थपिएसँगै घोडाघोडी आरक्षमा चराको सङ्ख्या ३८१ पुगेको छ । गर्मीयाममा बसाइँ सर्ने चराको प्रजाति, सङ्ख्या र अवस्था पत्ता लगाउने उद्देश्यका साथ डिभिजन वन कार्यालयको आयोजना र नेपाल पन्छी संरक्षण सङ्घको समन्वयमा चरा गणना गरिएको हो ।
ताजा अपडेट
-
राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीको निर्देशन
-
असोज ९ देखि ११ सम्म भारी वर्षाको सम्भावना
-
दसैँको अग्रिम टिकट बुकिङ मौसमको अवस्था हेरेर मात्रै खुलाइने
-
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
-
राजदूत नियुक्तिमा आफ्नै मापदण्ड पालना नगरेको सांसद शाहीको आरोप


प्रतिक्रिया