देउवाले फेरि गठन गरे अर्को विभाग, प्रमुखमा पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल पार्टीको नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा मनोनित भएका छन् ।
कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधानको धारा २५ (९) र धारा ३७ (१) (ग) बमोजिम पौडेललाई सो विभागको प्रमुखमा बुधबार मनोनयन गरेको पर्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बागलुङ नगरपालिकाको पैयुँपाटाका शर्माले नेपाल विद्यार्थी संघबत्राट ०३६ सालदेखि राजनीति सुरु गरेका थिए । त्रिचन्द्र क्याम्पसको नेविसंघ अध्यक्ष हुँदै केन्द्रीय सदस्य र महामन्त्रीसम्म बनेका शर्माले पार्टीको महासमिति सदस्यका साथै विभिन्न भूमिकामा रहेर काम गरिरहेका छन् ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया