७२ लाखसहित दुईजना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले स्रोत नखुलेको रु ७२ लाख रकमसहित दुईजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–७ चावहिलस्थित लुम्बिनी खाजा घर तथा गेष्ट हाउसबाट दुवैजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा भोजपुरको पौवा डुग्मा गाउँपालिका–४ घर भइ हाल न्यूरोड बस्दै आएका ५० वर्षीय भीमसेन विश्वकर्मा र सोही स्थानका २९ वर्षीय खेमराज विश्वकर्मा रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया