गाँजाखेतीका लागि कानुन बनाउन सचिवलाई भेटेरै भन्दा पनि टेरेनन् – गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले गाँजा खेतीका लागि कानुन बनाउन आफूले पटक–पटक निर्देशन दिँदा पनि पालना नभएको बताएका छन् ।
आफू कानुन मन्त्री भएको बेलामा गाँजालाई औषधीजन्य प्रयोगका लागि आवश्यक कानुन तर्जुमा गरेर ल्याउन सचिवलाई भन्दा पनि कहिल्यै नआएको बताएका हुन् । आज संसदमा राजस्वको आय र व्ययबारे छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।
सोही समयमा उद्योग मन्त्रालयक सचिवहरुलाई आफैंले पटपटक भेटेर भेटेर घरेलु मदिरा व्यवस्थापनका लागि छिटो कानुन तर्जुमा गरिदिनु भन्दा पनि पालना नभएको बताएका छन् । यी क्षेत्रहरूमा योजनाहरु बनाएमा ८ खर्ब राजस्व उठ्न सक्ने र आन्तरिक र वाह्य ऋणको भर पर्नुपर्ने अवस्था नआउने उनको दाबी छ ।
गाँजा खेतीको सन्दर्भमा सरकारले चालु आर्थिक वर्षको बजेट भाषणमा पनि कानुन तर्जुमा गर्ने भनेको थियो । तर अहिलेसम्म कानुन तर्जुमा हुन सकेको छैन । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत पनि गाँजा खेतीलाई वैधाकिता दिनका लागि कानुनी व्यवस्था गरिने विषय दोहोर्याएको छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया