गाँजाखेतीका लागि कानुन बनाउन सचिवलाई भेटेरै भन्दा पनि टेरेनन् – गुरुङ
काठमाडौं । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले गाँजा खेतीका लागि कानुन बनाउन आफूले पटक–पटक निर्देशन दिँदा पनि पालना नभएको बताएका छन् ।
आफू कानुन मन्त्री भएको बेलामा गाँजालाई औषधीजन्य प्रयोगका लागि आवश्यक कानुन तर्जुमा गरेर ल्याउन सचिवलाई भन्दा पनि कहिल्यै नआएको बताएका हुन् । आज संसदमा राजस्वको आय र व्ययबारे छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।
सोही समयमा उद्योग मन्त्रालयक सचिवहरुलाई आफैंले पटपटक भेटेर भेटेर घरेलु मदिरा व्यवस्थापनका लागि छिटो कानुन तर्जुमा गरिदिनु भन्दा पनि पालना नभएको बताएका छन् । यी क्षेत्रहरूमा योजनाहरु बनाएमा ८ खर्ब राजस्व उठ्न सक्ने र आन्तरिक र वाह्य ऋणको भर पर्नुपर्ने अवस्था नआउने उनको दाबी छ ।
गाँजा खेतीको सन्दर्भमा सरकारले चालु आर्थिक वर्षको बजेट भाषणमा पनि कानुन तर्जुमा गर्ने भनेको थियो । तर अहिलेसम्म कानुन तर्जुमा हुन सकेको छैन । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत पनि गाँजा खेतीलाई वैधाकिता दिनका लागि कानुनी व्यवस्था गरिने विषय दोहोर्याएको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया