प्रभु बैंक र स्वीसकनेक्टबीच सम्झौता

काठमाडौं । प्रभु बैंक र स्वीसकनेक्टर नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम फेज २ बीच सम्झौता भएको छ ।
सोमबार कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरुक व्यवसायीक विकासमा सहयोग गर्ने गरी स्वीसकनेक्ट नेपालको सहकार्यमा सञ्चालन गरिने ‘ग्रोइङ टुगेदर: अ सस्टेनेबल एग्रिकल्टर इनिटिएटिभ फर कोशी प्रोभिन्स’ नामक परियोजनाका लागि सम्झौता भएको हो ।
उक्त सम्झौता पत्रमा स्वीसकनेक्टरनेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम फेज २का तर्फबाट प्रतिनिधि रीमा श्रेष्ठले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने ईच्छा भएका कृषकहरुलाई प्रभु बैकको नजिकका शाखाहरुबाट कृषि कर्जाका साथै विक्तिय साक्षरता/व्यवसायिक साक्षरता सहज रुपमा उपलब्ध गराइने बैंकले जनाएको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया