NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ७ गते

प्रहरीका इन्स्पेक्टर बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ

काठमाडौं । बाल यौन दुर्व्यवहारको आरोपमा नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालय, मीनभवन, काठमाडौंमा कार्यरत इन्स्पेक्टर विदुर शिवाकोटी बाल यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका हुन् ।

काठमाडौं महानगरपालिकाका विद्यालयमा सञ्चालित सचेतना अभियानका क्रममा बालिकाले शिवकोटीबाट यौन दुर्व्यवहार भएको गुनासो गरेकी थिइन् । त्यसपछि पनि उनले फोन गरेर शिवाकोटीको घरमा बस्नै नसक्ने अवस्थामा पुगेको बताएपछि स्वयम्भूमा रहेको प्रहरी कार्यालयले इन्स्पेक्टर शिवाकोटीलाई पक्राउ गरेको हो ।

तराई मूलकी ती बालिकालाई काममा सहयोग गर्ने सर्तमा शिवकोटीले घरमा सहयोगीका रूपमा राखेका थिए ।

प्रहरीले अहिले ती बालिकालाई बाल सुरक्षा गृहमा पठाएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।