निजी शैक्षिक संस्थालाई नेपालको शिक्षा क्षेत्रबाट हटाउने हो भने यहाँको शैक्षिक धरातल के होला ?
काठमाडौं । ‘शिक्षा क्षेत्रमा निजी शैक्षिक संस्थालाई निकाल्ने हो भने यहाँको शैक्षिक धरातल के होला ?’ एपेक्स कलेजकी प्रधानाध्यापक दुर्गा रिजालले गरेको प्रश्न हो यो ।
विगत ३६ वर्षदेखि निरन्तर शिक्षा क्षेत्रमा काम गर्दै आइरहेकी रिजालले निजी शैक्षिक संस्थालाई अहिले लुटको संज्ञा दिन क्रम बढेकोबारे गुनासो गरिन् । नेपालवाचको नियमति भिडियो प्रस्तुती एजुकेसन डायलगमा किङ्स कलेजका प्रधानाध्यापक नरोत्तम अर्यालसँग संवाद गर्दै यस्तै संज्ञाका कारण निजी शैक्षिक संस्थाप्रति गलत भाष्य स्थापित भइरहेको उनले बताइन् ।
‘‘विद्यार्थीकै माझमा पनि प्राइभेट शिक्षाले लुट्यो भन्ने छ । तर निजी क्षेत्रलाई यहाँबाट निकाल्दिने हो भने यहाको शिक्षाको धरातल के होला ? त्यो कसैले सोचेको छैन्,’ उनले भनिन् । कोरोना महामारीपछि विश्वव्यापी रुपमा नै उच्च शिक्षामा भर्ना घटेको सन्दर्भ जोड्दै नेपाल झनै बढी यसको मारमा परेको उनी बताउँछिन् ।
उच्च शिक्षाका लागि अहिले अधिकांश विद्यार्थीको रोजाइमा स्वदेश भन्दा पनि विदेश नै पर्ने गरेका कारण विद्यार्थी भर्नादर घटेको उनको बुझाइ छ । तर कोरोना महामारीकाे एकमात्रै कारणको रूपमा मान्दिनन् उनी । यसका लागि शिक्षा नीतिदेखि यसको कार्यान्वयन गर्ने नियामक निकायमै संयन्त्रको कमी भएको उनले बताइन् ।
उनै रिजालसँग उच्च शिक्षाका समस्या, चुनाैती, विदेशबाट सिक्नुपर्ने विषयलगायत शिक्षाका विभिन्न आयाममा केन्द्रित भएर गरिएको कुराकानीको पूरा भिडियो हेर्नुहोस्ः
प्रतिक्रिया