फिफा विश्वकप छनोट खेलमा नेपाल युएईसँग स्तब्ध
काठमाडौं । फिफा विश्वकप, २०२६ छनोटअन्तर्गत दोस्रो चरणको आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालविरुद्ध सानदार जित हासिल गरेको छ ।
साउदी अरेबियाको प्रिन्स मोहम्मद विन रङ्गशालामा सम्पन्न खेलमा युएईले नेपाललाई ४–० गोलअन्तरले पराजित गरेको हो ।
युएईले खेलको पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो भने दोस्रो हाफमा थप दुई गोल गरेको थियो । युएईका लागि हरिब अब्दुल्लाह अल्मुशरखले दुई गोल गर्दा अली सलेह अम्रो र हाजिम अब्बासले समान एक/एक गोल गरे ।
अल्मुशरखले खेलको १२औं र १४औं मिनेटमा गोल गरेका थिए भने अम्रोले ५३औं र अब्बासले ७५औं मिनेट गोल गरेपछि यूएईले सानदार जित हासिल गरेको हो ।
जितसँगै पाँच जितका साथ युएई १५ अङ्क जोड्दै समूह ‘एच’को शीर्ष स्थानमा छ । ५ वटै खेलमा पराजित नेपाल भने अङ्कविहीन छ । नेपालले अन्तिम खेलमा यही जेठ २९ गते यमनसँग प्रतिस्पर्धा गर्नेछ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया