NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ माघ १ गते

फिफा विश्वकप छनोट खेलमा नेपाल युएईसँग स्तब्ध

काठमाडौं । फिफा विश्वकप, २०२६ छनोटअन्तर्गत दोस्रो चरणको आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालविरुद्ध सानदार जित हासिल गरेको छ ।

साउदी अरेबियाको प्रिन्स मोहम्मद विन रङ्गशालामा सम्पन्न खेलमा युएईले नेपाललाई ४–० गोलअन्तरले पराजित गरेको हो ।

युएईले खेलको पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो भने दोस्रो हाफमा थप दुई गोल गरेको थियो । युएईका लागि हरिब अब्दुल्लाह अल्मुशरखले दुई गोल गर्दा अली सलेह अम्रो र हाजिम अब्बासले समान एक/एक गोल गरे ।

अल्मुशरखले खेलको १२औं र १४औं मिनेटमा गोल गरेका थिए भने अम्रोले ५३औं र अब्बासले ७५औं मिनेट गोल गरेपछि यूएईले सानदार जित हासिल गरेको हो ।

जितसँगै पाँच जितका साथ युएई १५ अङ्क जोड्दै समूह ‘एच’को शीर्ष स्थानमा छ । ५ वटै खेलमा पराजित नेपाल भने अङ्कविहीन छ । नेपालले अन्तिम खेलमा यही जेठ २९ गते यमनसँग प्रतिस्पर्धा गर्नेछ ।