NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १२ गते

पुँजीबजारको सम्भावना र चुनौती

नेपालमा पैसा कमाउनका लागि सजिलो र अप्ठ्यारो दुवै छ । नियम कानूनमा बाँधिएर हिँड्नेलाई गाह्रो छ भने नमान्नेलाई सजिलो छ । यसबारे प्रष्ट्याउन कमोडिटी एक्सचेञ्जकै उदाहरण लिन्छु । ‘हामीलाई नियमन गरिदेऊ’ भनेर यो धितोपत्र बोर्डमा आएको थियो । यो कुरा लिएर हामी अर्थ मन्त्रालय गयौं तर ‘अहिले बेला भएको छैन’ भन्र्दै फिर्ता पठाइयो । यो कुरा उब्जेको १८ वर्ष पूरा भइसकेको छ । यो आफैंमा ठूलो अवधि हो । तर अहिलेसम्म यससम्बन्धी न कानून बनेको छ न न त नियमनको अन्योलता नै हटेको छ । यसमाथि नियमन नहुँदा कमाउनेले कमाइरहेका छन् ।

नेपालको मूल कानून संविधान भर्खर बनेको छ, संविधानलाई आधार मानेर अन्य कानून निर्माण गरिने हुनाले यसतर्फका कतिपय काम थाती छन् । यसलाई जति सकिन्छ चाडो टुंग्याउनु पर्छ ।

म धितोपत्र बोर्डको अध्यक्ष भएर जाँदा यसलाई कसैले चिन्दैनथे । बोर्डको नियमावलीको ड्राफ्ट बनेको थियो तर पास भइरहेको थिएन । अहिलेजस्तो अनलाइन प्रणाली विकास नभएकाले झोलामा पैसा बोकेर जाने ‘बोरे प्रविधि’ थियो । एउटै व्यक्तिले ५० हजारको लगानी गर्दा धितोपत्र बोर्डले साढे तीन लाख नक्कली नागरिकता समातेर कारबाही गरेको उदाहरणसम्म छन् । बैंकमा खाता नखोली सेयरमा लगानी गर्न नपाउने व्यवस्था त्यति बेलाबाट सुरु भएको हो ।

बजारमा चलखेल गर्ने व्यक्तिहरूको एक समूह छ, पुँजीबजारमा । यो यस्तो समूह हो, जो नियमन निकायको विकास भएको देख्नै चाहँदैन । नियमन निकाय यस्तै अवस्थामा भइरहे हामी खेल्न पाउँछौँ भनेर त्यो समूह बढी सञ्चालित हुँदा बोर्डको विकास हुन सकेको छैन ।

त्यो समय सेयर बजार १ हजार २७५ अंकसम्म पुगे पनि मानिसमा ‘यसमा लगानी गर्दा फाइदा हुन्छ’ भन्ने सकारात्मक सन्देश प्रवाह भएको थियो । भैंसीे, सुन, जग्गा बेचेर सेयरमा लगानी गर्ने प्रवृत्ति त्यति बेलाबाटै सुरु भएको हो । तर यो उल्लास जुन मात्रामा बढ्दै जानुपथ्र्यो, त्यो भने हुन सकेन ।

म धितोपत्र बोर्डको अध्यक्ष छँदै ७ रिजनका अध्यक्षहरूको भेला दिल्लीमा भएको थियो । त्यतिबेला नेपालको सेयर मार्केटलाई सातै रिजनमा कारोबार गराउने प्रक्रिया अगाडि बढेको थियो । तर यसतर्फ अझैसम्म केही हुन सकेको छैन ।

धितोपत्र बोर्ड पुँजीबजारको नियामक निकाय भए पनि यसको अहिलेसम्म आफ्नै भवनसमेत छैन । कहाँ बस्ने भन्ने अनिश्चितता छ । जबकि, धेरै वर्ष पहिले नै बोर्डले जग्गा खरिद गरे पनि त्यसमा प्रहरी बसिरहेको छ । यो विषयमा सरकारको पनि ध्यान गएको देखिँदैन ।

बजारमा चलखेल गर्ने व्यक्तिहरूको एक समूह छ, पुँजीबजारमा । यो यस्तो समूह हो, जो नियमन निकायको विकास भएको देख्नै चाहँदैन । नियमन निकाय यस्तै अवस्थामा भइरहे हामी खेल्न पाउँछौँ भनेर त्यो समूह बढी सञ्चालित हुँदा बोर्डको विकास हुन सकेको छैन ।

एनआरएनलाई सेयरबजारमा लगानी गर्न दिने भनेर छलफल सुरु भएको १८ वर्ष भइसक्यो । तर अहिलेसम्म यो विषय पनि टुंगिएको छैन । एनआरएनको हालत त यस्तो छ भने विदेशी लगानीकर्ता भित्राउने कुरा त नसोच्दा पनि हुन्छ ।

अहिले नेपालमा दोस्रो स्टक एक्सचेञ्ज ल्याउने कुरा बहसमा आएको छ । नेपालजस्तो पुँजीबजारमा कम आकर्षण रहेको सानो अर्थतन्त्र भएको देशमा दोस्रो स्टक एक्सचेञ्न आवश्यक छैन । यसले बजारको मूल्य बिग्रिन्छ । उतारचढाव बढ्छ । संसारभरिको नियम हेर्ने हो भने सेयर बजार मर्ज हुँदै एकरूपता आओस्, मूल्यमा सहजता होस् भन्नेमा गइरहेको छ । तर हाम्रोमा झन् दुइटा गर्ने भन्ने कुरा उठिरहेको । यसबाटै बुझ्न सकिन्छ कि सेयर बजारको सही बाटोमा हामी हिँडिरहेका छैनौं ।

वि.सं. ०६३ सालमा मा धितोपत्र ऐन आएकोमा मेरै कार्यकालमा करिब ९ वटा नियमावली तयार भएका थिए । त्यो समय करिब १० करोडको कारोबार हुँदा पनि हामी मिठाई बाँड्थ्यौं । आज यो बढेर ३२ अर्बसम्म पुगे पनि पुरानै सोच र शैलीबाट माथि उठ्ने लेठो गरिरहेका छैनौं । यससम्बन्धी पुराना ऐन सुधार गर्नुपर्ने भए पनि यसतर्फ काम भएका छैनन् ।

पैसा कमाउने रहर सबैलाई छ । त्यसैले नीति निर्माता, सेयरका लगानीकर्तादेखि धितोपत्र बोर्डमा बस्ने व्यक्तिहरूसम्मले नयाँ नियम चाहेका छैनन् । नयाँ नियम आउँदा बाँधिनुपर्ने हो कि भन्ने भय उनीहरूमा देखिन्छ ।

अहिले नेपालमा दोस्रो स्टक एक्सचेञ्ज ल्याउने कुरा बहसमा आएको छ । नेपालजस्तो पुँजीबजारमा कम आकर्षण रहेको सानो अर्थतन्त्र भएको देशमा दोस्रो स्टक एक्सचेञ्न आवश्यक छैन ।

बोरेलाई हटाएर बैंकमा खाता खोलेर लगानी गर्नुपर्छ भन्ने कुरा अघि सार्दा राष्ट्र बैंकलगायत सबैले विरोध जनाएका थिए । चार महिनासम्म त आन्दोलन नै भएको थियो । तर हामीले सुरु गरेको प्रणालीबाट प्रयोगमा आउँदा झन् बढीले सेयरमा लगानी गर्ने अवसर पाए । लगानीकर्ता लाखौंले बढे । तर हामीकहाँ नयाँ प्रणाली अवलम्बनले अप्ठ्यारोमा परिने भयका कारण रोक्ने प्रवृत्ति व्याप्त छ ।

मेरो कार्यकालमा ०६२/६३ सालमा आउन नसकेको नियमावली पनि बन्यो, ऐन पनि बन्यो । यसरी बनेको नियमावली परिमार्जन भइरहनुपथ्र्यो । ऐन नियमलाई प्राविधिक पक्षले असर पारिरहेको हुन्छ । अहिले त एआईको जमाना आइसक्यो  । बजेटमा सेकेन्ड जेनेरेसन रिफर्म गर्ने भनिएको छ । जबकि, रिफर्मको कन्र्सनमा बढीमा पाँच वर्षमा हरेक ऐन/नियम रिफर्म हुनुपर्छ ।

यी यावत् समस्या कायम हुनुमा वित्तीय साक्षरताको कमीले भूमिका खेलेको हो जस्तो लाग्छ । केन्द्रीय बैंकमा ६०/७० प्रतिशतभन्दा बढी बैंक तथा वित्तीय संस्था सूचीकृत छन् । ती संस्थाहरूमा आएको पोलिसीले सेयरको उतारचढावमा ठूलो भूमिका खेलिरहेको हुन्छ । त्यसैले बजारमा रियल सेक्टर आउनुपर्ने खाँचो भए पनि चाहिरहेको छैन । किन आइरहेको छैन ? हामीले बुझाउन नसकेर पो हो कि ?

तपाईं–हामीलाई थाहा छ, रियल सेक्टर आउँदाखेरि केही रियल सेक्टरले सेयर बेचेर भागे, कारबाही पनि ग¥र्यौं । यसले गर्दा जनतामा रियल सेक्टरप्रति विश्वास कम भएको सत्य हो ।  तर बजारमा राम्रा गरेका रियल सेक्टरहरू पनि छन् । उदाहरणका रूपमा वाइवाई, एनसेललाई लिन सकिन्छ । यी कम्पनीहरूलाई हौसला प्रदान गरियो, रियल सेक्टर पुँजी बजारमा सूचीकृत भयो भने केन्द्रीय बैंकलाई गाली गर्ने प्रवृत्ति कम हुँदै जान्छ ।

नेपाल सरकारले आफ्नो विभिन्न बजेट वक्तव्यहरूमा एक अर्बभन्दा बढी कम्पनीहरूलाई पब्लिकमा लिएर जानुपर्छ भनेर व्यवस्था गरेको छ । तर कम्पनीहरू अझै पनि आउन चाहेको देखिँदैन ।

नेपाल सरकारले ल्याएको यो व्यवस्था ठीक छ । यसले पुँजीबजारको जोखिमवहन गर्छ । यति राम्रो अवसर दिँदा पनि कम्पनीहरू पुँजीबाजरमा गइरहेका छैनन् । यसको एउटै कारण विश्वास नभएर नै हो ।

नीति निर्माता, सेयरका लगानीकर्तादेखि धितोपत्र बोर्डमा बस्ने व्यक्तिहरूसम्मले नयाँ नियम चाहेका छैनन् । नयाँ नियम आउँदा बाँधिनुपर्ने हो कि भन्ने भय उनीहरूमा देखिन्छ ।

कम्पनीको सेयर रिस्कबारे बुझाउन नसक्दा उद्योगपति, व्यवसायीले यसमा प्रवेश गर्न अरुचि देखाएजस्तो लाग्छ । आफ्नो कम्पनीको वास्तविक भ्यालु जनताले थाहा पाउँछन् भनेर डराउने पनि छन् । कम्पनीहरू वास्तविक नाफा सेयर गर्न र कम्पनीको पारदर्शिता देखाउन डराएको हुनसक्छ । सरकारले यसलाई कडाइसँगै सहुलियत पनि प्रदान गरेको खण्डमा पुँजीबजारमा नाफामा गएका कम्पनीहरू आउन कुनै समस्या छैन ।

धेरै लगानीकर्तालाई सेयर घट/बढ किन हुन्छ भन्ने जानकारीसम्म नभएको देखिन्छ । यसको कारण वित्तीय साक्षरताको कमी नै हो । मेरै कार्यकालमा हामीले सेयरबजारसम्बन्धी वित्तीय साक्षरता कार्यक्रम सुरु गरेको थियौं । हामीले कम्पनी कस्तो छ ? कस्तो कम्पनीमा सेयर लगानी गर्ने ? कम्पनीले नाफा गरिरहको छ कि छैन, भविष्यको योजना कस्तो छ ? लगायत कुरामा ध्यान दिएर लगानी गर्यौं भने सेयर बढ्छ र आफ्नो लगानी डुब्दैन, नाफा नकमाएको कम्पनीको सेयर मात्रै बढेको छ भने त्यहाँ गडबड छ भनेर बुझ्नुपर्छ । जुन कम्पनीको भविष्य छैन, कम्पनीको सिईओ, कर्मचारी फेरबदल भइरहेको हुन्छ, बजारमा राम्रो सन्देश छैन भने त्यस्ता कम्पनीको सेयर बढ्दा लगानीकर्ता डुब्ने सम्भावना हुन्छ ।

-डा. चिरञ्जीवी नेपाल नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर हुन् ।