भन्सार छलि गरी लैजान लागेको सुनसहित दुई जना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको अन्दाजी २५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथर फालेजुङ गाउँपालिका–३ घर भएका ३२ वर्षीय दिलु सुब्बा र सिन्धुली कमलामाई नगरपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ बस्ने ३९ वर्षीय भविमान ठोकर रहेका नेपाल प्रहरीद्वारा सार्वजनिक समाचार बुलेटिनमा उल्लेख छ ।
हिमालयन एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौँ आएका सुब्बालाई भन्सार छली गर्न लगाई ठोकरले सिक्री एक थान, आईफोन १३ प्रो म्याक्स एक थान, रेडमि मोबाइल तीन थान, डेल ल्यापटप दुई थान र एक थान एयरपोड प्रो चारसहित सङकलन गरी लैजान लागेको अवस्थामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हिजो पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया