नेपाल र श्रीलंकाबीचको खेल रद्द, अंक बाँडियो

काठमाडौं । नेपाल र श्रीलंकाबीच तय टी–२० विश्वकपको खेल भारी वर्षाका कारण रद्द भएको छ । योसँगै दुवै टिमलाई अंक बाँडिएको छ ।
अमेरिकामा लगातार भारी वर्षा भइरहेपछि आयोजकले खेल रद्द गरेर अंक बाँडेका हुन् । विश्वकप क्रिकेटको जारी खेलमा जितको खोजीमा रहेका दुवै टिमले समान १÷१ अंक पाएका छन् ।
यसअघि पहिलो खेल नेदरल्याण्ड्ससँग खेलेकोमा नेपाल पराजित बनेको थियो ।
नेपालले अब आगामी शनिबार सेन्ट भिसेन्टमा दक्षिण अफ्रिकासँग र सोमबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । समूह डीबाट शीर्ष दुईमा रहँदै सुपर–८ मा पुग्न अबका खेल जित्नै पर्ने दबाबमा नेपाल छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया