नेपाल र श्रीलंकाबीचको खेल रद्द, अंक बाँडियो
काठमाडौं । नेपाल र श्रीलंकाबीच तय टी–२० विश्वकपको खेल भारी वर्षाका कारण रद्द भएको छ । योसँगै दुवै टिमलाई अंक बाँडिएको छ ।
अमेरिकामा लगातार भारी वर्षा भइरहेपछि आयोजकले खेल रद्द गरेर अंक बाँडेका हुन् । विश्वकप क्रिकेटको जारी खेलमा जितको खोजीमा रहेका दुवै टिमले समान १÷१ अंक पाएका छन् ।
यसअघि पहिलो खेल नेदरल्याण्ड्ससँग खेलेकोमा नेपाल पराजित बनेको थियो ।
नेपालले अब आगामी शनिबार सेन्ट भिसेन्टमा दक्षिण अफ्रिकासँग र सोमबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । समूह डीबाट शीर्ष दुईमा रहँदै सुपर–८ मा पुग्न अबका खेल जित्नै पर्ने दबाबमा नेपाल छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया