‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’मा बजेट थप्न माग
काठमाडौं । सांसद रन्जिता श्रेष्ठले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ का लागि बजेट थप्न सुझाव दिएकी छिन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, सङ्घीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा उनले यस्तो सुझाव दिएकी हुन् । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा यस कार्यक्रमका लागि रु १० करोड विनियोजन गरेको छ ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी सांसद श्रेष्ठले छोरीहरुलाई रोजगार उन्मुख शिक्षा, सीप प्रदान र उद्यमशील बनाउँदै यस कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न विनियोजित बजेट न्यून भएको बताइन् ।
सांसद श्रेष्ठले मुक्त कमलरी, मुक्त कमैया र हरुवाचरुवाको जीविकोपार्जन, स्वास्थ्य र शिक्षामा प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराइन्।
उनले बालबालिका तथा ज्येष्ठ नागरिकप्रति समर्पित योजनाको बजेट तथा योजना प्रभावकारी बनाउन र सहरी विकासका कार्यक्रम ग्रामीण क्षेत्रसम्म विकासको आवश्यकता औंल्याइन् । ग्रामीण क्षेत्रमा आवासीय विकासका कार्यक्रमहरु सञ्चालन गर्न सांसद श्रेष्ठको सुझाव छ । नेपाली सेनाअन्तर्गतको जनशक्तिको उपयोग गर्नपनि उनले जोड दिइन् ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया