NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ४ गते
२०८१ असार ४ गते

उद्योग मन्त्रीको सय दिनको प्रगति– जिएम–अध्यक्षको नियुक्तिदेखि बैठकको तयारीसम्म

काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले १०० दिने काम सार्वजनिक गरेका छन् ।

विहीबार मन्त्रालयमा पत्रकार सम्मेलन कार्यक्रम आयोजना गरेर मन्त्री भण्डारीले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखिको १०० दिनमा गरेको कामको प्रगति सार्वजनिक गरेका हुन् ।

मन्त्री भण्डारीले नीति तथा कानून निर्माण, आपूर्ति तथा उपभोक्ता हित संरक्षण, औद्योगिक पूर्वाधार तथा वातावरण, औद्योगिक तथा लगानी प्रवद्र्धन, बहुपक्षीय व्यापार तथा व्यापार सहायता, द्विपक्षीय तथा क्षेत्रीय व्यापार, अध्ययन अनुसन्धान प्रतिवेदन तयारी र सेवा प्रवाह क्षेत्रमा सम्पादन गरेको कामहरूलाई प्रगति विवरणका रूपमा प्रस्तुत गरेका हुन् ।

भण्डारीले एक सय दिनको अवधिमा स्टार्टअप उद्यम कार्यविधि, २०८१ मन्त्रीपरिषद् बैठकमार्फत स्वीकृत भएको जानकारी दिए । त्यस्तै उनले विदेशी लगानी ल्याउन र विदेशी लगानीकर्ता मैत्री कानुन निर्माणका लागि अध्यादेशमार्फत ८ वटा कानुन संशोधन गरेको बताए ।

आपूर्ति तथा उपभोक्ता हित संरक्षणका लागि बितेका १०० दिनमा १५ वटा उल्लेखनीय काम गरेको उनको दाबी छ । जसमा उपभोक्ता अधिकारको संरक्षण र संवर्द्धन तथा उपभोक्तालाई प्राप्त हकको न्यायिक उपचारका लागि उपभोक्ता अदालत गठन प्रक्रिया अघि बढाइएको, मनसुनजन्य विपद् तथा चाडबाडमा हुने खाद्यान्नको उच्च मागलाई सम्बोधन गर्दै आपूर्ति श्रृंखलालाई निरन्तरता दिन परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसँग चिनीलगायत खाद्यान्नको आयातमा सहजीकरणका लागि कूटनीतिक पहल गरिएको, संयुक्त राज्य अमेरिकाको पेटेन्ट र ड्रेडमार्कसम्बन्धी कार्यालयसँग आपसी सहयोगको आदानप्रदान गर्ने सम्झौता गरेको लगायत उल्लेख छन् ।

विश्व व्यापार संगठनको प्रावधानबमोजिम राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गरेको, नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समितिको बैठकको तयारी गरिएकोजस्ता अति सामान्य विषयलाई पनि मन्त्री भण्डारीले आफ्नो सफलताका रूपमा प्रस्तुत गरेका छन् । यति मात्रै होइन, संस्थानहरूमा अध्यक्ष जिएम नियुक्ति र सञ्चालक समिति पुनर्गठनलाई पनि उनले प्रगतिको जामा लगाएर प्रस्तुत गरेका छन् ।

 

यस्तो छ मन्त्री भण्डारीले गरेको एक सय दिनको कार्यप्रगति विवरण :

ताजा अपडेट

नेपालवाच विशेष