खच्चडको उद्धारमा संलग्न प्रहरी पुरस्कृत

काठमाडौं । कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लठ्ठा चुँडिएर फसेका खच्चडको उद्धारमा संलग्न प्रहरी पुरस्कृत भएका छन् ।
प्रहरी प्रधान कार्यालय र कर्णाली प्रदेश प्रहरी कार्यालयले उद्धारमा संलग्न नेपाल प्रहरीका असई रामसिंह फराल र हवल्दार गङ्गाराम चौधरीलाई पुरस्कृत गरेको हो । दुवै प्रहरी इलाका प्रहरी कार्यालय, कालेडाँडा, अछाममा कार्यरत छन् ।
दुई कार्यालयले नगदसहित अलग–अलग यी प्रहरीलाई पुरस्कृत गरेको हो ।
जेठ २७ गते अछामको पञ्चदेवल नगरपालिका–९, चिल्तडास्थित कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लठ्ठा चुडिएएर १३ खच्चड फसेपछि फराल र चौधरीले साहसिक कदम चाल्दै ११ खच्चडलाई कर्णाली नदीमा खसालेर उद्धार गरेका थिए । दुई खच्चड भने उद्धार नहुँदै मरेका थिए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया