खच्चडको उद्धारमा संलग्न प्रहरी पुरस्कृत
काठमाडौं । कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लठ्ठा चुँडिएर फसेका खच्चडको उद्धारमा संलग्न प्रहरी पुरस्कृत भएका छन् ।
प्रहरी प्रधान कार्यालय र कर्णाली प्रदेश प्रहरी कार्यालयले उद्धारमा संलग्न नेपाल प्रहरीका असई रामसिंह फराल र हवल्दार गङ्गाराम चौधरीलाई पुरस्कृत गरेको हो । दुवै प्रहरी इलाका प्रहरी कार्यालय, कालेडाँडा, अछाममा कार्यरत छन् ।
दुई कार्यालयले नगदसहित अलग–अलग यी प्रहरीलाई पुरस्कृत गरेको हो ।
जेठ २७ गते अछामको पञ्चदेवल नगरपालिका–९, चिल्तडास्थित कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लठ्ठा चुडिएएर १३ खच्चड फसेपछि फराल र चौधरीले साहसिक कदम चाल्दै ११ खच्चडलाई कर्णाली नदीमा खसालेर उद्धार गरेका थिए । दुई खच्चड भने उद्धार नहुँदै मरेका थिए ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया