नेपाली टिमलाई ओलीको ढाडस– प्रयास गर्नेको जित एक दिन अवश्य हुनेछ

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाली क्रिकेट टिमको प्रशंसा गरेका छन् । एक रनले हारे पनि संसारभरिका नेपालीलाई खेलले एकताबद्ध बनाएको ओलीले बताए ।
‘आज एक रन मात्र पुगेन हामीलाई । तर पनि यो खेलले संसारभरि छरिएका हामी नेपालीलाई एक बनाएको छ,’ दक्षिण अफ्रिकासँग १ रनले नेपाल स्तब्ध बनेसँगै ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजको खेलले मन मात्र जितेको छैन, हामी सबै नेपालीको मन जोडिदिएको पनि छ।’
नेपालीले खेलमा हार व्यहोरे पनि उत्कृष्ट प्रदर्शन गरेको ओलीको भनाइ छ । कोसिस गर्नेले एक दिन अवश्य जित्ने उल्लेख गर्दै ओलीले नेपाली टिमलाई ढाडससमेत दिएका छन् ।
टी–२० क्रिकेट विश्वकपको समूह चरणअन्तर्गत शनिबार बिहान सम्पन्न खेलमा दक्षिण अफ्रिकाबाट ११६ रनको मध्यम लक्ष्य पाएको नेपाल निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रनमा रोकिएको थियो । योसँगै नेपालको सुपर ८ मा पुग्ने सम्भावना समाप्त भएको छ ।
ताजा अपडेट
-
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
-
अख्तियार र महालेखाबीचको समन्वय कानुनी रुपमै गर्ने प्रणाली बसाल्न सम्भव होला ?
-
नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि
-
परराष्ट्रमन्त्री डा देउवा र कतारका मन्त्रीबीच भेटवार्ता, विपिनको रिहाइका लागि सहयोग गरिदिन आग्रह
-
पोखरामा भएको विष्फोटबारे छानविन गर्न गृहले बनायो समिति
प्रतिक्रिया