गृह मन्त्रालयमा कल फ्राइडे कार्यक्रम

काठमाडौं । गृह मन्त्रालयले नागरिकका समस्या सुन्न नयाँ दुई नयाँ कार्यक्रम सार्वजनिक गरेको छ । नागरिकका समस्या स्थानीय प्रशासनबाट हल नभएमा सीधै गृहमन्त्रीलाई भन्न मिल्ने गरी ‘गृहमन्त्रीलाई भन्नुस्’ भन्ने कार्यक्रम सुरु गरिएको छ । जसअनुसार क्युआर गरी सीधै गृहमन्त्रीसमक्ष उजुरी गर्न सकिने तथा सूचना दिन सकिने मन्त्रालयले जनाएको छ । यसका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा क्युआर राख्न थालिएको छ ।
साथै ‘कल फ्राइडे’ कार्यक्रम पनि सुरु गरिएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । जसअन्तर्गत मन्त्रालयले हरेक शुक्रबार मन्त्रालयमा निवेदन दिने तथा उजुरी गर्ने नागरिकलाई फोन गरेर समस्या समाधानका लागि भइरहेको प्रगतिबारे जानकारी गराउनेछ ।
मन्त्री लामिछानेको सय दिन पुगेको उपलक्ष्यमा एक्सन कन्ट्रोल रुम पनि सञ्चालनमा ल्याइएको छ । सो रुमले प्रदेशगत सूचना र गुनासो संकलन, विश्लेषण र समाधनका लागि तत्काल पहल गर्ने मन्त्रालयका प्रवक्ता भट्टराईले बताए । सो कन्ट्रोल रुममा सर्वसाधारणले सीधै फोन तथा इमेलबाट सूचना दिन सक्नेछन् ।
ताजा अपडेट
-
११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रियो
-
रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बैठक बहिष्कार
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
प्रतिक्रिया