NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ११ गते

प्रहरी महानिरीक्षक ‘हटाउन लागिएको’ विषयमा बोल्यो प्रहरी प्रधान कार्यालय

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरलाई हटाउन लागिएको विषयमा नेपाल प्रहरी प्रधान कार्यालयले खण्डन गरेको छ । आइतबार एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले यस्ता हल्ला र गलत समाचारमा विश्वास नगर्न आग्रह गरेको छ ।
आधारहीन समाचारहरु प्रकाशन गर्न कर्मचारी र आम नागरिकमा समेत नकारात्मक सन्देश प्रवाह हुने भएकाले तथ्यगत सूचना प्रवाह गर्न प्रहरीले आग्रह गरेको छ ।
हालै केही मिडियामा सरकारले महानिरीक्षक कुँवरलाई हटाउन लागेको भनेर समाचार प्रकाशित भएका थिए ।