फर्जी लाइसेन्स प्रकरणः उपसचिवसहित पाँच कर्मचारी पक्राउ
काठमाडौं । परीक्षा नै नलिई लाइसेन्स दिने थप पाँच कर्मचारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले यातायात व्यवस्था कार्यालय, बुटवलका तत्कालिन प्रमुख उपसचिव केशब अर्याल, कम्प्युटर अधिकृत पदमराज आचार्य, शाखा अधिकृत सुवास पौडेल, कम्प्युटर सहायक राजेश लम्साल र दिलिप कुमार शाहलाई पक्राउ गरेको हो ।
उनीहरुले लाइसेन्सको प्रणालीमा चलखेल गरी हजारौं अवैध लाइसेन्सहरु जारी गरेको सिआइबीका एसपी होबिन्द्र बोगटीले बताए ।
यसअघि पनि सिआइबीले यस प्रकरणमा कर्मचारीलाई पक्राउ गरी दुई वटा मुद्दा चलाइसकेको छ । यस प्रकरणमा यातायात व्यवस्था विभागका पूर्वमहानिर्देशकहरु समेत छानविनमा छन् ।
ताजा अपडेट
-
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने, सम्बन्धित सबै निकायलाइ मन्त्रालयको परिपत्र
-
विकास आयोजनाको सुरक्षाका लागि ऊर्जा मन्त्रालयका ६ बुँदे अवधारणा : बिमादेखि सुरुङमार्गको पुनर्संरचनासम्म
-
पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी
-
म्याग्दीको अन्नपूर्णमा मेलाबाट उठेको रकम पर्यटनमा लगानी
-
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति


प्रतिक्रिया