NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १२ गते

पहिराले मुग्लिन-मलेखु सडक खण्ड अवरुद्ध

भरतपुर । पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ ।

सडक निर्माणका क्रममा खनेका ठाउँमा आज विहान पहिरो खस्दा राजमार्गमा सवारी साधान आवत जावत रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । कार्यालयका अनुसार, अहिले पहिरो पन्छाउने काम जारी रहेको छ । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमै रोकिएका छन् ।