दुवै आइजिपी एकैपटक अमेरिका जाँदै
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक एकैपटक अमेरिका भ्रमणमा जाने भएका छन् । आगामी १० असारमा उनीहरु अमेरिका जाने तय भएको गृह मन्त्रालयले जनाएको छ । विश्वका प्रहरी प्रमुखहरुको सम्मेलनमा सहभागी हुन गृहसचिव एक नारायण अर्यालसहित प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अमेरिका जान लागेका हुन् ।
प्रतिक्रिया