कथित भ्रष्टाचारविरोधी ४ अभियन्ता ठगी आरोपमा पक्राउ
काठमाडौं । ‘भ्रष्टाचार विरोधी अभियन्ता हौं’ भन्दै ठगी गरेको आरोपमा प्रहरी वृत्त बौद्धले चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ बस्ने ३१ वर्षीय राजु सुनार, वडा नं. ८ बस्ने २६ वर्षीय आदर्श क्षत्री, वडा नं. १ बस्ने २० वर्षीया अस्मिता खत्री तथा वडा नं. २ बस्ने ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
“पक्राउ परेकाले आफूहरु भ्रष्टाचारविरोधी अभियन्ता हुँ भन्दै गोकर्णेश्वर नगरपालिकाभित्र गैरकानुनी रूपमा ‘वेथिति एवं भ्रष्टाचारविरुद्धको अभियान २०८०’ नामक संस्था स्थापना गरी ठगी गरेको आरोप छ ।”
निजहरुले विभिन्न वडाहरूमा त्यसका शाखा विस्तार गरी विभिन्न सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनी, कलकारखाना, टोल सुधार एवं उपभोक्ता समितिमा गएर तपाईँहरुले आर्थिक अनियमितता गरेको भन्ने उजुरी हामी कहाँ परेको छ, त्यस विषयमा छानबिन गर्न आएका हौँ भन्दै असम्बन्धित सूचना माग्ने गरेको प्रहरीले जनाएको छ ।
पदाधिकारी तथा कर्मचारीलाई धम्काउने, मुद्दा हालिदिन्छु भनी आतंकित पार्ने, भिडियो बनाइ अनाधिकृत तवरले रकम असुली गरी ठगी गर्ने तथा पुष्टि नभएका कुराहरूलाई सामाजिक सञ्जालमा राखी चरित्र हत्या गर्ने जस्ता कार्यहरु गरेको आरोपमा उनीहरु विरुद्ध प्रहरी वृत्त बौद्धमा जाहेरी परेको प्रवक्ता अधिकारीको भनाइ छ ।
पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको प्रवक्ता अधिकारीले बताए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया