NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ३० गते

श्रीमतीको मृत्युपछि असामका गृहसचिवद्वारा आफैंलाई गोली हानेर आत्महत्या

काठमाडौं । उपचारको क्रममा श्रीमतीको मृत्यु भएपछि भारतको असामका एक उच्च प्रहरी अधिकारीले गोली हानेर आत्महत्या गरेका छन् ।
डिआइजी तहमा प्रदेशको गृह मन्त्रालयमा कार्यरत ४४ वर्षिया शिलादत्य छेतियाले गुवाटीस्थित अस्पतालमै सर्भिस पेस्तोलले गोली हानी आत्महत्या गरेका हुन् ।
उनकी श्रीमतीलाई क्यान्सर भएको थियो । उपचारका लागि उनी चार महिनादेखि बिदामा थिए । नेमकेयर अस्पतालमा श्रीमतीलाई मृत घोषणा गरेको केही मिनेटमै उनले गोली हानेर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।