एडिबीबाट भुटानलाई चार करोड अमेरिकी डलर ऋण स्वीकृत
एजेन्सी । एसियाली विकास बैङ्क (एडीबी) ले बिहीबार भुटानलाई सार्वजनिक वित्तीय व्यवस्थापन र हरित विकासलाई सुदृढ पार्न मद्दत गर्न नीतिमा आधारित चार करोड अमेरिकी डलरको ऋण स्वीकृत गरेको छ ।
रियायती ऋणको उद्देश्य घरेलु स्रोत परिचालन विस्तार गर्न, निजी क्षेत्रको विकासलाई बढावा दिन र जलवायु परिवर्तन अनुकूलनका उपायहरू लागू गर्न नीतिगत सुधारहरूलाई समर्थन गर्नु हो ।
कार्यक्रम अन्तर्गत भन्सार, सम्पत्ति कर प्रशासनमा सुधार, मध्यम अवधिको राजस्व रणनीति कार्यान्वयन ,राज्यको स्वामित्वका उद्यमको प्रशासन तथा व्यवस्थापन बढाई घरेलु स्रोत परिचालन सुदृढ पार्ने अपेक्षा गरिएको छ ।
यसले वर्तमान खर्च र कर राजस्व बिचको अन्तरलाई उल्लेखनीय रूपमा कम गर्ने अपेक्षा गरिएको छ । एकीकृत वित्तीय व्यवस्थापन सूचना प्रणालीको थालनीले सार्वजनिक वित्तीय प्रबन्धनमा सुधार गर्ने एडीबीले जनाएको छ ।
कार्यक्रमले निजी क्षेत्रको विकासलाई बढावाका साथ सुव्यवस्थित गर्न, लगानी, व्यापार प्रक्रिया र व्यापार सेवाहरूको आधुनिकीकरण तथा डिजिटाइजेसन गरी व्यापार प्रवर्दनमा मद्दत गर्नेछ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया