जब बैठक सुरु हुनासाथ प्रतिपक्षी सांसद बैठकस्थल छाडेर निस्किए
कर्णाली । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको १५औँ बैठक बस्नुपूर्व बिहीबार प्रदेशसभा सदस्यहरु भवन परिसरमा एक आपसमा गफ गरिरहेका थिए । उनीहरुको गफ आर्थिक वर्ष २०८१–०८२ को विनियोजित बजेट र त्यसको सन्तुलन तथा समन्यायिकतामा केन्द्रित थियो ।
उनीहरू गफीइरहेका बेला सभाबैठक प्रारम्भ भएको जनाउ दिने घण्टी बज्यो, सबै प्रदेशसभा सदस्यहरू बैठककक्षमा प्रवेश गरे । त्यहाँ पुगेपछि मर्यादापालक महिला प्रहरीले सभामुख र सम्पूर्ण सभा सदस्यलाई सधैँझैँ अभिवादन गरे । राष्ट्रिय गान बज्यो । सबैले आफ्नै स्थानमा उभिएर राष्ट्रिय गान गाए । त्यसपश्चात् सबै आ–आफ्नो स्थानमा बसे । जब सभामुख नन्दा गुरुङले ‘अब बैठकको कारबाही प्रारम्भ हुन्छ’ भनिन् । तब प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरू चुपचाप एकाएक बाहिरिए ।
सभामुख गुरुङ र सत्तापक्षका प्रदेशसभा सदस्य उनीहरू बाहिरिएको टुलुटुलु हेरिरहे । बैठककक्षमा रहेका सदस्यले केही बेरसम्म मुखामुख गरिरहे । प्रतिपक्षी दलका सदस्य नै नभएपछि बैठक सञ्चालन हुने अवस्था रहेन । त्यसपछि बैठक सभामुखले बैठक स्थगन भएको घोषणा गरे ।
सभामुखका अनुसार प्रदेशसभाको अर्को बैठक असार १२ गते बुधबार दिउसो ३ः०० बस्नेछ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया