करणलाई गितार उपहार दिँदै प्रधानमन्त्रीले भने–युवा पुस्ताको सुख–दुःखमा सँगै छु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल सिजन–५ का विजेता करण परियारको सांगीतिक भविष्य निकै राम्रो रहेको बताएका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका करणलाई बधाई दिँदै प्रधानमन्त्री प्रचण्डले उनको सांगीतिक सफलताको शुभकामना व्यक्त गरेका हुन् ।
खेल र संगीतका खास ‘इभेन्ट’ आफूले हेर्ने गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले युवा पुस्ताको हरेक सुख–दुःखमा आफू साथमै रहने बताएको प्रधानमन्त्रीलाई उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ ।
त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले परियारलाई गितारसमेत उपहार दिएको उनको सचिवालयले जनाएको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया