लालीगुराँस सहकारीका सिइओ पक्राउ
काठमाडौं । बचतकर्ताको रकम अपचलनको अभियोगमा ललितपुरस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी पक्राउ परेका छन् ।
उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार राति काठमाडौंको विशालनगरबाट पक्राउ गरेको हो ।
उपत्यका अनुसन्धान कार्यालयले भण्डारी पक्राउ परेको पुष्टि गर्दै उनीमाथि लागेको अभियोगबारे अनुसन्धान भइरहेको जनाएको छ ।
समस्याग्रस्त सहकारीको सूचीमा रहेको लालीगुराँसले सर्वसाधारण नागरिकको ६ अर्ब रकम अपचलन गरेको बताइन्छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया