प्रधानमन्त्री प्रचण्ड थप संकटमा, रास्वपाका मन्त्रीले पनि आज राजीनामा दिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले बिहीबार राजीनामा दिने भएका छन् । नेकपा एमाले र कांग्रेसबीच सत्तासहकार्य गरेर अघि बढ्ने सहमति बनेसँगै रास्वपाका मन्त्रीले बिहीबार राजीनामा दिन लागेका हुन् ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बुधबार बसेको केन्द्रीय समिति बैठकले सरकारबाट अलग हुने निर्णय गरेकाले बिहीबार आफ्नो दलबाट मन्त्री बनेकाले राजीनामा दिने जानकारी दिए ।
वर्तमान सरकारमा ४ मन्त्रालय लिएर सहभागी रास्वपाबाट उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्याल, शिक्षा मन्त्री सुमना श्रेष्ठ र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गरेर कांग्रेससँग नयाँ समीकरण निर्माण गरे पनि राजीनामा नदिने बरु विश्वासको मतको सामना गर्ने निर्णय नेकपा माओवादी केन्द्रको सचिवालय बैठकले गरेको छ । सत्तासाझेदार अर्को दल रास्वपाले समेत मन्त्रीलाई राजीनामा दिन भनेपछि प्रधानमन्त्री प्रचण्ड थप नैतिक संकटमा परेका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया