‘राहत र उद्धारमा क्रियाशील हुनुपर्ने समयमा सरकार परिवर्तनमा लाग्नु दुःखद’

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढीपहिराले देशका विभिन्न भागमा क्षति भएको र सबै राजनीतिक दल राहत एवं उद्धारका काममा क्रियाशील हुनुपर्नेमा सरकार परिवर्तनका काममा लाग्नु दुःखद भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्नुअघि उक्त कुरा बताएका हुन्।
प्रधानमन्त्रीले उक्त प्रस्ताव परेपछि आजै त्यसलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया