नारायणकाजीद्वारा गाडी र सुरक्षाकर्मी फिर्ता

काठमाडौं। उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीबाट बिदा हुन लागेका नारायणकाजी श्रेष्ठले सरकारी गाडी र सुरक्षाकर्मी फिर्ता गरेका छन् ।
शुक्रबार संसदमा सरकारमाथिको विश्वासको प्रस्ताव पारित नभएपछि आफ्नो सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई साँझ पुल्चोकस्थित मन्त्री निवासमा संक्षिप्त भेट र सम्बोधन गर्दै आ–आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएकोमा धन्यवाद व्यक्त गरेका छन् । श्रेष्ठले शनिबार नै मन्त्री निवास छाडिसकेको र गाडी समेत बुझाइसकेको उनको सचिवालयले जनाएको छ ।
’काम कर्तव्यको आधारमा हामी फरक फरक जिम्मेवारीमा रहेता पनि, हाम्रो सम्बन्ध मानवतामा र समानतामा आधारित हुन्छ।’ सम्बोधनका क्रममा शनिबार उनले भने– ’हामी सबै दाजुभाई, साथीभाई र परिवार हौं।’
प्रतिक्रिया