NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ माघ २८ गते

ओली आज प्रधानमन्त्री बन्दै, शपथ भोलि

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओली आइतबार प्रधानमन्त्री बन्दैछन् । उनको शपथ भने भोलि हुने सम्भावना छ ।

पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार आइतबार ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेश गर्न शुक्रबार दलहरूलाई आह्वान गरेका थिए । संसदको दोस्रो ठूलो दल एमालेका संसदीय दलका नेता ओली कांग्रेससहितको समर्थनमा आइतबार प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन् । उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्न सोही दिन कांग्रेसका सहित १६६ सांसदको समर्थनमा दाबी पेश गरिसकिएको छ ।

संविधानको धारा ७६ (२) अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत नपाएकाले ७६(३) अनुसार प्रधानमन्त्री नियुक्त गर्नुपर्नेमा गलत गरिएको  माओवादी केन्द्रलगायत दलको टिप्पणी छ । संविधानको धारा ७६(२) अनुसार नभएर ७६(३) अनुसार प्रधानमन्त्री नियुक्त गर्दा ओली नभएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने थिए ।

यसअघि माओवादीसँग गठबन्धन गरेका ओली त्यसलाई टुटाएर कांग्रेसको समर्थनमा चौथो पटक प्रधानमन्त्री बन्न लागेका हुन् । एमाले र कांग्रेसबीच सत्ता सहकार्य, संविधान संशोधनलगायत दीर्घकालीन महत्त्वका विषयसहित विभिन्न बुँदामा सहमति बनेको बताइए पनि सार्वजनिक नगरेर अहिलेसम्म गुपचुप राखिएको छ । बन्द कोठामा अपारदर्शी सम्झौता गरेर जनतालाई गुमराहमा राखिएको भन्दै दुई दलको आलोचनासमेत भइरहेको छ ।

ओली आइतबार प्रधानमन्त्री बने पनि उनको शपथ भने सोमबार हुने बताइएको छ । एमाले र कांग्रेसबीच सरकारको शक्ति बाँडफाँटका विषयमा समेत मोटामोटी सहमति बनेकाले उनले तत्काल सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने सम्भावना पनि छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष