पहिरोले बेँसीसहर चामे सडक अवरुद्ध
लमजुङ । पहिरोले बेँसीसहर चामे सडक अवरुद्ध भएको छ । मस्र्याङ्दी गाउँपालिका-४ स्याँगेमा आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी निरीक्षक मेघनाथ चापागाईले ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध भएको र सडक खुलाउन प्रहरी त्यसर्फ प्रस्थान गरिसकेको जानकारी दिए ।
यस सडकअन्तर्गत मनाङखण्ड भने यही १८ गते साँझदेखि अवरुद्ध रहँदै आएको छ । चामे गाउँपालिकास्थित तिमाङ खोलामा काठे पुल र सो नजिकै पक्की मोटरेवल पुल बाढीले बगाएपछि सवारी सञ्चालन हुन सकेको छैन । आवागमन रोकिँदा मनाङवासी समस्यामा परेका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया