डिजिटल माध्यमबाट शुभकामना दिन शुभेच्छुकलाई प्रधानमन्त्रीको अनुरोध
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना दिन शुभेच्छुकलाई अनुरोध गरेका छन् । प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना दिँदा समय बचत हुने भएकाले वैकल्पिक उपाय अपनाउन ओलीको आग्रह छ ।
प्रधानमन्त्रीमा नियुक्त भएसँगै प्रत्यक्ष भेटेर शुभकामना तथा बधाई दिन भीड लागेपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत यस्तो आह्वान गरेका हुन् ।
‘विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्,’ उनले फेसबुकमा लेखेका छन्, ‘प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा सिाथीहरूको समयको पनि बचत हुन्छ ।’
शुभेच्छुकलाई ओलीले सकेसम्म म्यासेन्जरमा सन्देश पठाउन र भेटमा पनि खादा तथा माला नल्याउन प्रधानमन्त्री ओलीले अनुरोध गरेका छन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया