NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ माघ २८ गते

डिजिटल माध्यमबाट शुभकामना दिन शुभेच्छुकलाई प्रधानमन्त्रीको अनुरोध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना दिन शुभेच्छुकलाई अनुरोध गरेका छन् । प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना दिँदा समय बचत हुने भएकाले वैकल्पिक उपाय अपनाउन ओलीको आग्रह छ ।

प्रधानमन्त्रीमा नियुक्त भएसँगै प्रत्यक्ष भेटेर शुभकामना तथा बधाई दिन भीड लागेपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत यस्तो आह्वान गरेका हुन् ।

‘विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्,’ उनले फेसबुकमा लेखेका छन्, ‘प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा सिाथीहरूको समयको पनि बचत हुन्छ ।’

शुभेच्छुकलाई ओलीले सकेसम्म म्यासेन्जरमा सन्देश पठाउन र भेटमा पनि खादा तथा माला नल्याउन प्रधानमन्त्री ओलीले अनुरोध गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष